कुनैपनि कुरा संचालनका लागि नियम विधि र विधानको आवश्यकता पर्ने गर्दछ । कतिपय कुरा व्यवहारिक रुपमा हुने भन्दै नियम नीति र विद्यानलाई समेत कुल्चेर गरिएका हुन्छन् जसले प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा अरुलाई असर गर्ने गरेको देखिन्छ । जिल्लाको महत्वपुर्ण बिकासे कार्यालयको रुपमा रहेको जिल्ला विकास समितिले समेत बाध्यताको नाउँमा जिल्ला परिषदको निर्णयलाई स्वीकार गरर गैरजिम्मेवारी पन देखाएको छ ।
बास्तवीकता खोजी गर्ने हो भने नियम विपरित हुन आउने स्थायी पदका कर्मचारिहरुलाई यसरी नियम मिचेर काम गर्ने प्रचलन अहिलेदेखीको होईन विगत धेरै बर्षदेखिको यस्तो प्रक्रिया अहिलेपनि जिल्ला विकास समितिमा हावी भएको देखिन्छ ।
केही कर्मचारिहरु समेत निश्चित व्यक्तिहरुसँग मिलेर लोक सेवा आयोग वा अन्य निकायवाट परिपुर्ती गर्नुपर्ने पदहरुमा समेत गैरजिम्मेवारी प्रर्दशन गरेको देखिन्छ । त्यसमा कर्मचारिको दोष भन्दा पनि दलका नेता र निर्णय कर्ताहरुको हो ।
स्थानीय स्वायक्त शासन ऐनमा कर्मचारी पदस्थापन सम्बन्धि कुनै ब्यबस्था नगरिएको काम जिल्ला बिकास समितिले जिल्ला परिषदलाई आधार मानेर गरेको भेटीएको छ । यसवारे कसले छानवीन गर्ने हो त्यो भने हेर्न बाँकी नै रहेको छ ।
जिल्ला बिकास समितिमा नयाँ कर्मचारी राख्दा आर्थिक अवस्था कमजोर भएको बाहाना बनाएर नियम मिच्नु राम्रो हो वा होईन यसबारे खोजी गुर्नपर्ने देखिएको छ । हुन त हिजोदेखी नै बिग्रदै आएको यस्तो परिपाटीमा जसले जे गरेपनि हुने परम्परा कायमै छ । अवका दिनहरुमा यस्ता कामहरु गर्दा नियमलाई ख्याल गरेर अगाडी बढाउँदा राम्रो हुने देखिन्छ ।





